सुधन गुरुङ र महावीर पुनले लिए शपथ - Chaitanya News
  • 2026-06-09
  • 18:52:27
  • मंगलबार,जेठ २६, २०८३
  • सुधन गुरुङ र महावीर पुनले लिए शपथ

    सुधन गुरुङ र महावीर पुनले लिए शपथ

    काठमाडौं– प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिएका हुन्।

    शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित छन्।

    गुरुङ यसअघि पनि गृहमन्त्री नै थिए । उनको सम्पत्ति विवरणको विषयमा विवाद भएपछि उनले राजीनामा दिएका थिए। सरकारले गठन गरेको छानबिन समितिले उनलाई क्लिनचिट दिएपछि उनी फेरि गृहमै दोहोरिएका हुन्।

    त्यस्तै महावीर पुन पनि जेनजी आनदोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री थिए । फागुन २१ को निर्वाचनअघि मन्त्री पदबाट राजीनामा दिएर उनी चुनावमा होमिएका थिए।

    गुरुङ गोरखा १ बाट रास्वपाका निर्वाचित सांसद हुन् । पुन भने म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।