चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 502 of 1163
  • 2026-11-27
  • 11:16:16
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

प्रतिनिधिसभा निर्वाचनः कैलालीमा थपिए १२ मतदान केन्द्र, मतदाता सङ्ख्या साढे ५ लाख नाघ्यो

कैलाली– आगामी फागुन २१ गते का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली जिल्लामा १२ वटा मतदान केन्द्र थपिएको छ। विसं २०७९ को निर्वाचनको तुलनामा मतदाताको सङ्ख्या बढेपछि निर्वाचन आयोगले केन्द्र थप गर्ने निर्णय गरेको हो। अघिल्लो निर्वाचनमा ६२९ मतदान केन्द्र रहेकामा यस पटक १२ वटा थपिएर कुल ६४१ केन्द्र कायम भएको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए। जिल्लामा मतदानस्थल भने साविककै २३७ वटा नै कायम रहनेछन्। कैलालीमा यस वर्ष १६ हजार ७०८ जना नयाँ मतदाता थपिएका छन्। अघिल्लो निर्वाचनमा ५ लाख ३४ हजार ३४४ मतदाता रहेकामा यस वर्ष कुल मतदाताको सङ्ख्या ५ लाख ५१ हजार ५२ पुगेको छ। कुल मतदातामध्ये २ लाख ८० हजार २४३ महिला, २ लाख ७० हजार ७९८ पुरुष र ११ जना अन्य रहेका छन्। मतदाताको चाप र सुगमतालाई मध्यनजर गर्दै केन्द्रहरू थप गरिएको कार्यालयले जनाएको छ। पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं ४ मा सबैभन्दा बढी १ लाख १५ हजार १४३ मतदाता रहेका छन्। यस्तै, क्षेत्र नं ५ मा १ लाख १० हजार ५३९, क्षेत्र नं ३ मा १ लाख ९ हजार १२२, क्षेत्र नं १ मा १ लाख ८ हजार ४९१ र क्षेत्र नं २ मा १ लाख ७ हजार ७५७ मतदाता रहेको निर्वाचन कार्यालयको तथ्याङ्क छ।

News by प्रतिनिधिसभा निर्वाचनः कैलालीमा थपिए १२ मतदान केन्द्र, मतदाता सङ्ख्या साढे ५ लाख नाघ्यो :