जसपा नेपाल र लोसपा नेपालबीच पार्टी एकता गर्ने सहमति - Chaitanya News
  • 2026-05-06
  • 22:54:05
  • बुधबार,बैशाख २३, २०८३
  • जसपा नेपाल र लोसपा नेपालबीच पार्टी एकता गर्ने सहमति

    जसपा नेपाल र लोसपा नेपालबीच पार्टी एकता गर्ने सहमति

    काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ।

    आइतबार जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा, नेपालका अध्यक्ष महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीको संयुक्त बैठकले एकताको सहमति गरेको हो। देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न पार्टी एकीकरण गर्ने निर्णय गरिएको अध्यक्ष द्वयद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

    विज्ञप्तिमा भनिएको छ, “संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायतको अग्रगामी परिवर्तनका मुद्दालाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात् गरी जसपा, नेपाल र लोसपा नेपालबीच पार्टी एकीकरण गर्ने निर्णय गरियो।”