गृहसचिवसहित सात सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ? - Chaitanya News
  • 2026-04-29
  • 06:27:01
  • बुधबार,बैशाख १६, २०८३
  • गृहसचिवसहित सात सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

    गृहसचिवसहित सात सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

    काठमाडौं – सरकारले गृहसचिवसहित सात सचिवको सरुवा गरेको छ। गत (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव रामेश्वर दंगालसहित सात सचिवको सरुवा गरेको हो।

    गृहसचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गरेको छ, भने गृहसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई नियुक्त गरेको छ।

    यस्तै, लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा। कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गर्दै, उनको स्थानमा राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्ले नियुक्त भएका छन्।

    यसैगरी, युवा तथा खेलकुद सचिव डा.हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने, उनको ठाउँमा उपराष्ट्रपति कार्यालयका लोकनाथ पौडेललाई नियुक्त गरिएको छ।