भिसाका दुई विधामा ग्लोबल आइएमई बैंक सम्मानित - Chaitanya News
  • 2026-11-27
  • 11:22:14
  • शुक्रबार,मंसिर १२, २०८३
  • भिसाका दुई विधामा ग्लोबल आइएमई बैंक सम्मानित

    भिसाका दुई विधामा ग्लोबल आइएमई बैंक सम्मानित

    काठमाडौँ– ग्राहककेन्द्रित डिजिटल बैंकिङ सेवा र उत्पादनमा नवीनता भित्र्याएको भन्दै ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसा इन्टरनेशनलबाट दुईवटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।

    भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’मा बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ विधामा सम्मान प्रदान गरिएको हो।

    बैंकले ग्राहकको आवश्यकता र अपेक्षाअनुसार प्रविधिमा आधारित बैंकिङ उत्पादन विकास गर्नुका साथै डिजिटल भुक्तानी प्रणालीलाई विस्तार र अतिरिक्त सेवाहरूलाई प्रभावकारी बनाउँदै लगेकाले उक्त सम्मान प्राप्त गरेको जनाएको छ।

    ग्लोबल आइएमई बैंकले यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न सम्मान प्राप्त गरिसकेको छ। बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ अवार्ड जितेको थियो। यस्तै, युरोमनी अवार्ड फर एक्सिलेन्स, बेस्ट बैंक ईएसजी नेपाल र बेस्ट इम्प्लोयरलगायतका सम्मानसमेत बैंकले प्राप्त गरिसकेको छ।

    सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको बैंकले मुलुकका ७७ वटै जिल्लामा आफ्नो उपस्थिति जनाएको छ। हाल बैंकका ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र तथा ६९ एक्सटेन्सन र राजस्व सङ्कलन काउन्टर सञ्चालनमा छन्। यसका अतिरिक्त विदेशमा तीन प्रतिनिधि कार्यालयमार्फत पनि बैंकले सेवा दिँदै आएको छ।

    विप्रेषण सेवालाई समेत विस्तार गरेको बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, मलेसिया, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका देशबाट औपचारिक माध्यममार्फत रकम भित्र्याउने सुविधा उपलब्ध गराउँदै आएको छ।