१२ बजेसम्म ४ दलले निर्वाचन आयोगमा बुझाए समानुपातिकको बन्द सूची - Chaitanya News
  • 2026-05-06
  • 22:53:58
  • बुधबार,बैशाख २३, २०८३
  • १२ बजेसम्म ४ दलले निर्वाचन आयोगमा बुझाए समानुपातिकको बन्द सूची

    १२ बजेसम्म ४ दलले निर्वाचन आयोगमा बुझाए समानुपातिकको बन्द सूची

    काठमाडौँ– प्रतिनिधि सभा चुनावअन्तर्गत अहिलेसम्म ४ वटा दलले समानुपातिकतर्फको बन्द सूची बुझाएका छन्। निर्वाचन आयोगका अनुसार पहिलो दिन आइतबार ३ दल र आज थप एक दलले बन्द सूची बुझाएका हुन्।

    आइतबार नेपाल मजदुर किसान पार्टी (नेमकिपा), जनप्रिय लोकतान्त्रिक पार्टी र थारु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले बन्द सूची पेश गरेका थिए। बन्द सूची पेश गर्ने समय सीमा आजसम्म मात्र हो।

    आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार साँझ ४ बजेसम्म आयोग परिसरभित्र प्रवेश गरिसकेका दलले प्रक्रिया पूरा नहुन्जेलसम्म बन्द सूची पेश गर्न पाउनेछन्। समानुपातिक निर्वाचनका लागि १ सय दलले ९३ निर्वाचन चिन्हमा भाग लिन आयोगमा दल दर्ता गराएका छन्।