निर्वाचन आयोगमासमा नुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुग्यो - Chaitanya News
  • 2026-05-06
  • 22:53:55
  • बुधबार,बैशाख २३, २०८३
  • निर्वाचन आयोगमासमा नुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुग्यो

    निर्वाचन आयोगमासमा नुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुग्यो

    काठमाडौं– निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको छ। आयोगको पछिल्लो विवरण अनुसार, समानुपातिक बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको हो।

    फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो।

    दलहरू आ–आफ्ना उम्मेदवारहरूको सूची तयार गर्ने अन्तिम गृहकार्यमा छन्। आयोगले दिएको सूचना अनुसार, हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रीय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी ९पुष्पलाल०, जसपा नेपाल र गतिशिल लोकतान्त्रिक पार्टीले बन्द सूची बुझाइसकेको छन्।

    नेमकिपा, राष्ट्रिय जनमोर्चा र जसपा नेपालले १ सय १० जनाको सूची बुझाएको छ।

    त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टीले १२, जनप्रिय लोकतान्त्रिक पार्टीले १२, नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी पुष्पलालले २० र गतिशिल लोकतान्त्रिक पार्टीले ११ जना उम्मेदवारको सूची आयोगमा बुझाएको हो।