चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1088 of 1152
  • 2026-11-22
  • 04:14:36
  • शनिबार,मंसिर ०६, २०८३

About Author

सस्पेन्स थ्रिलर जन्राको प्रतीक्षित फिल्म ‘लाखे’ को ट्रेलर सार्वजनिक {भिडीयो सहित}

काठमाडौँ– सस्पेन्स थ्रिलर जन्राको प्रतीक्षित फिल्म ‘लाखे’ को ट्रेलर फूलपातिको अबसर पारेर आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ। फस्र्टलुक पोस्टर र टिजर सार्वजनिकसँगै चर्चामा रहेको ‘लाखे’ दिपावलीको कोसेली स्वरुप कार्तिक ११ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ। सम्राट बस्नेत निर्देशित फिल्मको ट्रेलरमा सस्पेन्स,थ्रिल, एक्सन तथा सेन्टिमेन्टसको सम्मिश्रण देखिन्छ। टे«लरमा फिल्ममा सबै मुख्य कलाकारलाई समेटिएको छ। फिल्ममा सौगात मल्ल,अनुप बिक्रम शाही,अर्पण थापा,आर्यन अधिकारी,वर्षा राउत,रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला,प्रशान्त ताम्राकार,रक्षा बुढाथोकी,कालु राना,सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन्। सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन्। हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुसन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ। निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । ‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन। औरियन प्रोडक्सनले ग्लोवल मिडिया एन्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मकोे पटकथा आकाश बरालले लेखेका हुन भने सम्वादमा उनलाई अनुप न्यौपानेले सघाएका छन्। फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ। https://youtu.be/xyyKHCbD1jo  

News by सस्पेन्स थ्रिलर जन्राको प्रतीक्षित फिल्म ‘लाखे’ को ट्रेलर सार्वजनिक {भिडीयो सहित} :