ताप्लेजुङको वीरेन्द्र चोकमा रहेको एक आईएमई मनिट्रान्सफरबाट करोडौँ रुपैयाँ लुटिएको दाबी - Chaitanya News
  • 2026-06-03
  • 03:08:18
  • मंगलबार,जेठ १९, २०८३
  • ताप्लेजुङको वीरेन्द्र चोकमा रहेको एक आईएमई मनिट्रान्सफरबाट करोडौँ रुपैयाँ लुटिएको दाबी

    ताप्लेजुङको वीरेन्द्र चोकमा रहेको एक आईएमई मनिट्रान्सफरबाट करोडौँ रुपैयाँ लुटिएको दाबी

    ताप्लेजुङ– ताप्लेजुङको वीरेन्द्र चोकमा रहेको एक आईएमई मनिट्रान्सफरबाट करोडौँ रुपैयाँ लुटिएको दाबी गरिएको छ।

    आज बिहान ९ बजेर २० मिनेटमा झन्डै ९ करोड रुपैयाँ लुटिएको कर्मचारीको प्रारम्भिक अनुमान छ। जिल्ला प्रहरी कार्यालयबाट झण्डै एक सय मिटरको दूरीमा रहेको अम्बर श्रेष्ठले सञ्चालन गरेको आईएमईबाट रकम र गहना लुटिएको हो।

    आईएमईका कर्मचारी आसामाया प्रधानलाई हिजोदेखि आमाको नाममा रहेको सुन निकाल्ने भन्दै एउटा फोन आएको थियो। बिहान मास्क लगाएका ४ जना युवाहरु आईएमईमा पसेको कर्मचारी आसामायाले बताए। नगद र सुन गरी झन्डै ९ करोड रुपैयाँ बराबर लुटिएको खबरपछि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

    प्रहरीले रकमबारे खुलाएको छैन। जिल्लाका मुख्य नाकामा समेत निगरानी गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।