नेता चन्द्रमोहन यादवले दिए समानुपातिक उम्मेदवारी फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन - Chaitanya News
  • 2026-04-19
  • 04:21:30
  • शनिबार,बैशाख ०५, २०८३
  • नेता चन्द्रमोहन यादवले दिए समानुपातिक उम्मेदवारी फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन

    नेता चन्द्रमोहन यादवले दिए समानुपातिक उम्मेदवारी फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन

    काठमाडौं– पूर्व राष्ट्रपति रामवरण यादवका छोरा एवम् नेपाली कांग्रेसका नेता चन्द्रमोहन यादवले समानुपातिक तर्फको उम्मेदवारी फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

    नेपाली कांग्रेसले उनलाई समावेश समूह अन्तर्गत मधेशी क्लस्टरमा प्राथमिकताक्रम ३ मा राखेर समानुपातिक उम्मेदवार बनाएको थियो।

    पार्टीले वरीयताको उपयुक्त क्रम नमिलाइ समानुपातिक उम्मेदवारको बन्द सूचीमा नाम राखेको थाहा पाएपछि आफूले उम्मेदवारी फिर्ताको आयोगमा निवेदन दिएको यादवले बताएका छन्।

    निर्वाचन आयोगमा उम्मेदवारी फिर्ताको लागि निवेदन दिएपछि यादवले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पार्टीले कायम गरेको विधि विपरित मेरो उम्मेदवारीलाई बन्दसूचीमा वरीयताको उपयुक्त क्रम नमिलाइ निर्वाचन आयोगमा पेश गरिएकोले मैले आफ्नो नामाङ्कन फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छु।’

    पार्टीले मधेसी समूहमा क्रम संख्या २ नम्बरमा नराखेर ३ नम्बरमा राखेको थाहा पाएपछि आफूले उम्मेदवारी फिर्ता लिन निवेदन दिएको उनले बताए।