भैरहवा – लुम्बिनी प्रदेश प्रहरीले चाड पर्व दसैँ, तिहारलाई लक्षित गर्दै ८ हजार १ सय ७६ प्रहरी परिचालन गर्दै सुरक्षा दिइरहेको छ। प्रदेश प्रहरी कार्यालय दाङले चाडपर्वका बेला हुने अपराधिक क्रियाकलापहरूलाई मध्यनजर गर्दै १ हजार ९५० वटा टोलीलाई डियुटीमा विभिन्न क्षेत्र खटाएको छ।
सम्भावित अपराधिक गतिबिधि नियन्त्रण तथा दुर्घटना रोक्नका लागि प्रहरीको उपस्थिति र सूचना संकलनको कामलाई प्रभावकारी बनाउन प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक नलप्रसाद उपाध्यायको कमाण्डमा प्रदेश कमाण्ड पोस्टसहितको सुरक्षा रणनीति बनाइ सुरक्षार्थ छन्।