खेलकुद, कला, संस्कृतिको संरक्षण सम्वर्द्वन गर्न आवश्यक छ : उपमेयर निउरे - Chaitanya News
  • 2026-04-19
  • 04:20:39
  • शनिबार,बैशाख ०५, २०८३
  • खेलकुद, कला, संस्कृतिको संरक्षण सम्वर्द्वन गर्न आवश्यक छ : उपमेयर निउरे

    खेलकुद, कला, संस्कृतिको संरक्षण सम्वर्द्वन गर्न आवश्यक छ : उपमेयर निउरे

    बागलुङ– गलकोट नगरपालिकाका उपमेयर फमलाल निउरेले खेलकुद, कला, संस्कृतिको संरक्षण सम्वर्द्वन गर्न सामाजिक संघ संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

    खड्ग कालिका युवा क्लब गलकोट नगरपालिका वडा ९ बाँसखोलाको ३३ औं वार्षिकोत्सव तथा बडा दशै मेलालाई बोल्र्दै उपमेयर निउरेले हाम्रा परम्परागत चाडपर्व, रितिरिवाज परम्पराहरुमा मौलिकता हराउँदै गएको भन्दै यसको संरक्षणमा सबै लाग्नुपर्ने उल्लेख गरे।

    प्रतिष्ठित, परिव्यापक समाज, चुनौतीपूर्ण विकास र अनुशासित खेलकुद हाम्रो प्रतिवद्वता भन्ने मूल नाराका साथ बडा दशैं मेला असोज १३ गतेदेखि सञ्चालन गरिएको थियो।

    मेलाको अवसरमा आयोजना गरिएको पुरुष भलिबल प्रतियोगितामा नगद रु ६६ हजार नगद राशीसहित सरस्वती युवा क्लब गलकोट नगरपालिका १० रमुवा पहिलो, नगद रु ४४ हजार नगद राशीसहित हेमलाल सुनचाँदी पसल गलकोट नगरपालिका २ नरेठाँटी दोस्रो, खड्ग कालीका युवा क्लब दोस्रो तथा इन्द्रेणी युवा क्लबले सान्त्वना पुरस्कार पाएको छ।

    त्यस्तै पुरुष रस्साकस्सी प्रतियोगितामामा गलकोट नगरपालिका ९ बाँसखोला आशा रानाको समूह प्रथम र राजु विकको समूह दोस्रो भएको छ।

    महिला रस्साकस्सी प्रतियोगितामा जनजागरण आमा समूह बाँसखोला प्रथम र बडिगाड गाउँपालिका दोस्रो भएको छ।

    मेलामा राष्ट्रिय भलिबल खेलाडी मिठु सुनार, नेपाल भलिबल संघ बागलुङका अध्यक्ष योगेश भण्डारी, प्रायोजक, सहयोगदाता तथा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो।

    बडादशैं मेलाको समापन समारोहमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु विष्णु खत्री, मिना लामा, ईश्वर सिंहले आफनो साङ्गीतिक प्रस्तुतिमार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए।

    कार्यक्रम खड्ग कालीका युवा क्लबका अध्यक्ष शिशिर बम मल्लको अध्यक्षता, सल्लाहकार सदस्य चक्रवती शर्माको स्वागत तथा सदस्य हेमन्त खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो।