चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 153 of 1152
  • 2026-11-22
  • 12:38:59
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?: एमाले

काठमाडौं– प्रतिनिधिसभाको आज (बिहिबार) को बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले किन राजीनामा नदिने भन्दै प्रश्न उठाएको छ। १४ दिनपछि सुरु भएको प्रतिनिधिसभाको बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले विगतमा काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवार ठहर गरिएको प्रसंग स्मरण गराउँदै सुनसरीमा पनि मानिसको ज्यान गएको अवस्थामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने धारणा राखिन्। उनले भनिन्, ‘काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री थुनामा बस्नुपर्छ भन्ने अवस्था सिर्जना गरियो भने सुनसरीमा मानिस मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन ? यो घटनाको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’ अर्यालले सरकारले दंगा नियन्त्रण गर्न नसकेको आरोप पनि लगाइन्। उनले भनिन्, ‘देशमा शान्ति–सुरक्षा कायम गर्न राज्य असफल भएको छ। दंगा नियन्त्रण गर्नुको सट्टा सरकारले आफैं त्रास सिर्जना गरेको छ।’  

News by सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?: एमाले :