आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै - Chaitanya News
  • 2026-07-30
  • 12:10:45
  • बिहिबार,साउन १४, २०८३
  • आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

    आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

    काठमाडौँ– राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बस्नेछ।

    बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुने बताइएको छ। राष्ट्रिय सुरक्षा परिषद्‍मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्र मन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था छ।