काठमाडौँ– आज (बिहिवार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।