चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 944 of 1159
  • 2026-11-25
  • 14:32:18
  • बुधबार,मंसिर १०, २०८३

About Author

शर्मिला वाइबाले पिइन् विष  , वीर अस्पतालमा उपचार हुँदै

काठमाडौं - आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् । बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष पिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् । अहिले उनको वीर अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ । अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । उनी बोल्न सक्ने अवस्थामै छिन् । तर विष पिउनुको कारणबारे बताउन अस्वीकार गरेकी छन् । वाइबा केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएकी थिइन् । धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा तानिएकी थिइन् । यस्तै अभिनेता पल शाह काठमाडौं आउँदा स्वागत गर्न उनी विमानस्थल पुगेकी थिइन् ।

News by शर्मिला वाइबाले पिइन् विष  , वीर अस्पतालमा उपचार हुँदै :