बैतडी – बैतडीमा ड्युटी गर्दागर्दै ढलेका एक प्रहरीको ज्यान गएको छ । अस्थायी प्रहरी पोष्ट सलेना कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको ड्युटीकै समयमा मृत्यु भएको हो ।
ड्युटीमा खटिएको बेला चौधरी बुधबार बेलुका एक्कासी ढलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । त्यसपछि प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि पाटन अस्पताल पुर्याएको थियो ।
उपचारका क्रममा प्रहरी सहायक हवल्दार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । चौधरी कैलालीका बासिन्दा हुन् । उनको मृत्युको कारण खुलेको छैन ।