एसईईमा १ हजार ६ सय परीक्षार्थी थपिए - Chaitanya News
  • 2026-05-16
  • 21:00:21
  • शनिबार,जेठ ०२, २०८३
  • एसईईमा १ हजार ६ सय परीक्षार्थी थपिए

    एसईईमा १ हजार ६ सय परीक्षार्थी थपिए

    काठमाडौं –  यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनेको संख्या गत वर्षको भन्दा १ हजार ६ सय २२ ले बढेको भए तापनि चारवटा प्रदेशमा भने विद्यार्थी संख्या घटेको छ । ती चारवटा प्रदेशमा प्रदेश–१, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

    गत वर्ष प्रदेश–१ मा ८८ हजार ३२ जना परीक्षार्थी थिए । यो वर्ष करिब ३ हजार विद्यार्थी घटेका छन् । प्रदेश–१ मा यो वर्ष ८५ हजार ७ सय ४३ जना सहभागी हुँदैछन् । बागमतीमा परीक्षार्थीको संख्या १ लाख १० हजारबाट घटेर १ लाख ६ हजार ९ सय ५९ पुगेको छ ।

    गण्डकीमा गत वर्ष ४७ हजार ३ सय ४५ जनाले परीक्षा दिएकोमा यो परीक्षार्थीको संख्या घटेर ४६ हजार ७ सय ३७ मा झरेको छ । सुदूरपश्चिममा ५९ हजारबाट घटेर ५८ हजार ९ सय ७ झरेको छ ।

    मधेश, कर्णाली र लुम्बिनी प्रदेशमा भने विद्यार्थी संख्या बढेको छ । मधेशमा करिब ३ हजार, कर्णालीमा करिब २ हजार ५ सय र लुम्बिनीमा २ हजार ५ सय वृद्धि भएको छ । मधेश प्रदेशमा गतवर्ष ८१ हजार ७ सय ४३ जनाले परीक्षा दिएकोमा यो वर्ष परीक्षार्थीको संख्या ८४ हजार ७२ पुगेको छ ।

    कर्णालीमा ३८ हजार ९ सय ११ बाट बढेर ४१ हजार ३ सय २९ र लुम्बिनीमा ८९ हजार ६ सय ४५ बाट वृद्धि भएर ४१ हजार ३ सय २९ पुगेको छ ।