देशका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने - Chaitanya News
  • 2026-05-16
  • 21:00:21
  • शनिबार,जेठ ०२, २०८३
  • देशका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

    देशका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

    काठमाडाैं –  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

    बिहीबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। त्यस्तै, गण्डकी प्रदेशका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाखाले जनाएकाे छ ।

    बिहीबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बिहीबार राति भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, देशका बाँकी भू-गमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१ का पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।