बिपिडब्लु लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने - Chaitanya News
  • 2026-05-01
  • 03:51:11
  • बिहिबार,बैशाख १७, २०८३
  • बिपिडब्लु लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    बिपिडब्लु लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं- बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ निस्कासन तथा बिक्री खुला गर्दैछ।

    लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपछि अब सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो।

    लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रूपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रूपैयाँ बराबरको प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो।

    सोमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ भने १ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ८० हजार ९५० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

    सर्वसाधारणले लघुवित्तको आईपीओमा फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि चैत २ गतेसम्म लम्बिनेछ।

    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।