चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 812 of 1161
  • 2026-11-26
  • 11:54:49
  • बिहिबार,मंसिर ११, २०८३

About Author

पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन देउवाको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन निर्देशन दिएका छन्। सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको समेत बताए। शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई सङ्कटमा आउन नदिन पनि कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकीर गरे। सभापति देउवाले भने, ‘अहिलेको बेला नेपाली कांग्रेस पार्टीलाई जिल्ला सम्मेलनमार्फत हरेक जिल्लामा हामीले पार्टीको संगठनलाई गाउँगाउँमा, घरघरमा, वडावडामा पुर्‍याएर यो पार्टीलाई मजदुत बनाउने काममा सबैलाई सफलता मिलोस भन्ने कामना गर्दछु । यसो गरियो भने पार्टीको देशभरी नै सगठन बलियो भएर जानेछ। हाम्रो पार्टी ऐतिहासिक पार्टी छ। २००७ सालदेखि लडदै आएको पार्टी हो। यो पार्टी ग्रासरुट, गाउँसम्म, वडासम्म, टोलसम्म पुर्‍याएर यो पार्टी मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउने यो पार्टी जति बलियो हुन्छ, जति समक्ष हुन्छ । त्यतिनै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ।’ सभापति देउवाले प्रजातन्त्रमाथि फेरि सङ्कट आउन नदिने गरी कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान सञ्चालन गर्न पनि सिङ्गो पार्टी पंक्तिलाई आह्वान गरेका हुन्।

News by पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन देउवाको निर्देशन :