५० हजारसहित एक कर्मचारी पक्राउ - Chaitanya News
  • 2026-11-16
  • 08:34:25
  • सोमबार,मंसिर ०१, २०८३
  • ५० हजारसहित एक कर्मचारी पक्राउ

    ५० हजारसहित एक कर्मचारी पक्राउ

    काठमाडौं- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत छैठौँ तह) लेखनाथ भट्टराई घुससहित पक्राउ परेका छन्।

    उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस-रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको हो।

    शुक्रबार बिहान शंखमुलबाट ५० हजार घुस रकमसहित भट्टराई पक्राउ परेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए।