३ दशकदेखिकै आर्थिक अभ्यासको समीक्षा हुनुपर्छ : गोकर्ण विष्ट - Chaitanya News
  • 2026-11-16
  • 05:28:12
  • आइतबार,कार्तिक ३०, २०८३
  • ३ दशकदेखिकै आर्थिक अभ्यासको समीक्षा हुनुपर्छ : गोकर्ण विष्ट

    ३ दशकदेखिकै आर्थिक अभ्यासको समीक्षा हुनुपर्छ : गोकर्ण विष्ट

    काठमाडौँ — एमाले सांसद गोकर्ण विष्टले अर्थतन्त्रमा देखिएको अहिलेको संकट एउटा बजेट कार्यान्वयनसँग सम्बन्धित मात्रै नभएको बताएका छन्। आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा भाग लिँदै सांसद विष्टले अर्थतन्त्रमा विगत ३ दशकदेखि गर्दै आएको अभ्यासकै समीक्षा हुनुपर्ने बताएका हुन्।

    ुअर्थतन्त्रको शिथिल अवस्थामा बजेटमा राजश्व उठ्छ कि उठ्दैन वा वैदेशिक अनुदान आउँछ कि आउँदैन? भन्नेमा केन्द्रित छ, विष्टले भने, एक वर्षको बजेट कसरी अघि बढ्ला भनेर छलफल गरेरमात्रै अर्थतन्त्रमा देखिएको गम्भीर अवस्थाको समाधान हुन सक्दैन। हामीले ३१ वर्षदेखि गर्दै आएको यो अभ्यासमा बजार, राज्य कहाँ चुक्यो? नीति र सोचहरूमा छलफल गर्न जरुरी छ। कोभिड १९ र रुस(युक्रेनको युद्धले मात्रै आएको शिथिलता हो? हामीले यसतर्फ गम्भीरताका साथ समीक्षा गर्न जरुरी छ।

    बैठकमा बोल्दै उनले बजारमुखी अर्थतन्त्रको अभ्यास गर्दा कहाँ चुक भयो भन्ने विषयमा छलफल हुनुपर्ने बताए।अर्थतन्त्रको अवस्था यस्तो अवस्थामा आइपुगेको छ। न्यून राजश्व संकलन, न्यून पुँजीखर्च, बढ्दो मूल्यवृद्धि, सोधनान्तर घाटा, बैंकिङ तरलताको संकुचन, उच्च व्याजदर, न्यून आर्थिक वृद्धि, बढ्दो बेरोजगारी, बढ्दो असमानता अन्त्य प्रकृतिमा समस्या देखिएको छ, विष्टले भने।