उपसचिवमा सिफारिस भएकाहरूलाई चैतन्यको बधाई - Chaitanya News
  • 2026-11-16
  • 08:33:30
  • सोमबार,मंसिर ०१, २०८३
  • उपसचिवमा सिफारिस भएकाहरूलाई चैतन्यको बधाई

    उपसचिवमा सिफारिस भएकाहरूलाई चैतन्यको बधाई

    काठमाडौं- शंखमुलस्थित चैतन्य एकेडेमीले लोकसेवा आयोगबाट उपसचिवमा सिफारिस भएका उम्मेदवारूलाई बधाई ज्ञापन गरेको छ।

    लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट उपसचिवमा सिफारिस भएकाहरूलाई चैतन्यले शुक्रबार एक समारोहबीच बधाई ज्ञापन गरेको हो।

    उपसचिवमा सिफारिस हुन सफल प्रकाश खनालले चैतन्यले अनलाइन माध्यमबाट रचनात्मक कक्षा सञ्चालन गरेकोमा आफूहरूलाई ठूलो फाइदा पुगेको बताएका छन्। यस्तै बाबुराम पौडेलले चैतन्यका कलासले प्रतिस्पर्धालाई अभिवृद्धि गर्दै क्षमतावान व्यक्तिहरूलाई उपचसिवमा आउन सहयोग पुर्‍याएको धारणा राखेका थिए। उपसचिवमै नाम निकाल्न सफल गणेश पौडेलले चैतन्यमा जोडिएको सात महिनामै आफूले सफलता हासिल गरेको भन्दै खुसी व्यक्त गरेका थिए।

    यस्तै कार्यक्रममा सहभागी अन्य सहभागीहरूले पनि आफूहरूको सफलतामा ज्ञानको दायरा फराकिलो बनाउन चैतन्यका सबै कार्यक्रम तथा शनिबारीय श्रृंखला उपलब्धिपूर्ण भएको प्रतिक्रिया दिएका थिए।

    चैतन्य ग्रुपका सिइओ गणेश जोशीले आफूहरूले स‌ंस्थालाई मर्यादित र जिम्मेवार बनाउन खोजेको बताउँदै यस्ता खाले कार्यक्रमहरू त्यसैको उपज भएको धारणा राखे। ‘हामीले सार्वजनीक प्रशासनमा योगदान पर्‍याइरहनु भएका व्यक्तिहरूसँग सहकार्य गर्न पाएका छौं। यो हाम्रा लागि खुसीको कुरा हो। जो आज उपसचिवमा सिफारिस हुनुभएको छ, आगामी दिनमा सार्वजनिक सेवाका थप उच्च पदमा अगाडि बढ्दै जानुहोला,’ उनले भने।

    नेपाल सरकारका सहसचिव डा. टोकराज पाण्डेले बधाई ज्ञापन गर्दै उपसचिवमा सिफारिस उम्मेदवारहरूमा जिम्मेवारी थपिएको बताएका थिए। उनले हिजो भन्दा आज र आज भन्दा भोली थपिने जिम्मेवारीलाई कुसलतापूर्वक सम्पन्न गर्न सुझाव दिएका छन्।

    यस्तै नेपाल सरकारका पूर्वसचिव गोपिनाथ मैनालीले पछिल्लो समय सार्वजनिक प्रशासनको शाख खस्किँदै गएकोप्रति कर्मचारीहरू बढी गम्भीर हुनुपर्ने धारणा राखेका थिए। राजनीतिज्ञहरूलाई सार्वजनिक प्रशासनका मूल्य मान्यता कर्मचारीहरूले नै बुझाउन पो नसकेका हुन् कि भन्ने ढंगबाट पनि हेर्नुपर्ने उनको भनाइ थियो।

    नेपाल सरकारकै पूर्वसचिव प्रताव कुमार पाठकले निजामति सेवाको गरिमा जोगाउन कर्मचारीहरू नै सजग हुनुपर्ने धारणा राखेका थिए। कर्मचारीहरूप्रति जनताको अपेक्षा धेरै हुने र त्यो अपेक्षा पुरा गर्नतर्फ कर्मचारीहरू सक्रिय हुनुपर्ने उनको भनाइ थियो। स्थायी सरकारका रुपमा रहने कर्मचारीहरू नैतिकवान हुनुपर्नेसमेत उनले बताए।