कनकाईमा साउन १ गतेदेखि सूर्तीजन्य पदार्थ बिक्री र सेवन गर्न नपाइने - Chaitanya News
  • 2026-11-16
  • 08:33:20
  • सोमबार,मंसिर ०१, २०८३
  • कनकाईमा साउन १ गतेदेखि सूर्तीजन्य पदार्थ बिक्री र सेवन गर्न नपाइने

    कनकाईमा साउन १ गतेदेखि सूर्तीजन्य पदार्थ बिक्री र सेवन गर्न नपाइने

    झापा- झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रभित्र गुट्खा, खैनी र चुरोटलगायत सुर्तीजन्य पदार्थको बिक्री-वितरण तथा सेवनमा रोक लगाउने भएको छ। नगरपालिकाले आगामी साउन १ गतेदेखि उक्त नियम लागू गर्ने जनाएको हो।

    गत जेष्ठ १७ गते सम्पन्न बसेको २५औं कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले यही श्रावण १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने जनाएको हो।

    नगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए।

    चुरोट, गुट्खा, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले नगरपालिका कठोर रुपमा उत्रिएको नगरप्रमुख राजेन्द्र पोखरेलको भनाइ छ।