चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 782 of 1162
  • 2026-11-26
  • 15:08:24
  • बिहिबार,मंसिर ११, २०८३

About Author

४५ हजार घुससहित एक इन्जिनियर पक्राउ

काठमाडौं- ४५ हजार घुस रकमसहित एक इन्जिनियर पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले इन्जिनियर अरविन्द कुमार यादवलाई घुससहित पक्राउ गरेको हो। रुपन्देहीको टोटहिमाई गाउँपालिका–७ को सडकको पिसिसि र ग्राभेलको नाप जाँचको भुक्तानी प्रयोजनका लागि इन्जिनियर यादवले ४५ हजार घुस लिएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले यादवलाई पक्राउ गरेको आयोगले जनाएको छ। यादवबारे थप अनुसन्धान भइरहेको आयोगको भनाई छ ।

News by ४५ हजार घुससहित एक इन्जिनियर पक्राउ :