आठ महिनादेखि  पाएनन् स्वास्थ्यकर्मीले  तलब  - Chaitanya News
  • 2026-05-03
  • 09:19:05
  • आइतबार,बैशाख २०, २०८३
  •  आठ महिनादेखि  पाएनन् स्वास्थ्यकर्मीले  तलब 

     आठ महिनादेखि  पाएनन् स्वास्थ्यकर्मीले  तलब 

    काठमाडौं –   सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन्। वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन  नसकेका  हुन् ।

    नगरपालिकाअन्तर्गतका कर्मचारीले भने तलबभत्ता पाइरहेका छन्। तर, स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेका स्थायी स्वास्थ्य कर्मचारी तलब  पाउनबाट वञ्चित छन्। तलब नपाउँदा घर खर्च टार्न समेत समस्या भएको उनीहरूको भनाइ छ। तलब नदिंदा दैनिक जीवनयापन गर्न समस्या भएको सिअनमी राजेन्द्रकुमारी थापाले बताइन्।

    सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन्। वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन्।

    नगरपालिकामा कर्मचारीले तलबभत्ता नपाउँदा कर्मचारी मारमा परेको उत्तरगंगा स्वास्थ्य चौकीका सिनियर अहेव उदय थापाले बताए।

    सजिलो बनाउने गरी स्वास्थ्य मन्त्रालयले समायोजनमा जाने निर्णय गरेको उल्लेख गर्दै उनले अहिले आफूहरू तलबबाट वञ्चित हुनुपरेको बताए।

    नगरपालिकामा कर्मचारीले तलबभत्ता नपाउँदा कर्मचारी मारमा परेको उत्तरगंगा स्वास्थ्य चौकीका सिनियर अहेव उदय थापाले बताए।

    जनस्वास्थ्य अधिकृत भूपेन्द्रदेव गिरीले कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड, २०७७ अन्तर्गत ३८  कर्मचारी स्वास्थ्य मन्त्रालयले पठाएको बताए।

    त्यसपछि फेरि मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानसम्बन्धी व्यवस्था, २०७७ मा ५६  कर्मचारीलाई पठाएको उनले बताए। ‘बजेट अभावले कर्मचारीलाई तलब खुवाउन नसकिएको  बुझीएको छ ।