देहिमाण्डौंको चडेखानमा टेलिकमको नेटवर्क पुग्दा स्थानीय हर्षित - Chaitanya News
  • 2026-11-21
  • 08:21:50
  • शनिबार,मंसिर ०६, २०८३
  • देहिमाण्डौंको चडेखानमा टेलिकमको नेटवर्क पुग्दा स्थानीय हर्षित

    देहिमाण्डौंको चडेखानमा टेलिकमको नेटवर्क पुग्दा स्थानीय हर्षित

    काठमाडौं- बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-२ अन्तर्गत चडेखानमा नेपाल टेलिकमको टावर विस्तार गरिएकोमा आजबाट नेटवर्क छोडिएको छ। टावरले काम गर्न थालेपछि कुमाली गाड, जोलाघट्ट, सरगड, रजाड, दुधेखाली, ज्वाकट्टे, चैशिर गाउँ, पालिमूडाप, जरकट्टेलगायत स्थानका जनता लाभान्वित भएका छन्।

    लामो समयदेखि फोनको टावर नहुँदा सास्ति खेप्दै आएका स्थानीय टावर विस्तार भएसँगै हर्षित भएका हुन्। ‘नेटवर्कको समस्याका कारण हामीले फोन गर्न घण्टौं हिँडेर टावर भएको ठाउँसम्म पुग्नुपर्थ्यो। अब त्यो समस्या समाधान भएको छ,’ स्थानीय रनबहादुर बोहराले भने।

    नेपाल विद्यार्थी संघका न‍ेता रामचन्द्र बोहराको पहलमा टावर विस्तार भएको हो। जनताले भोग्दै आएको दु:खलाई मध्यनजर गर्दै आफूले ज्ञानेन्द्रबहादुर कार्की सञ्चारमन्त्री हुँदा टावरका लागि पहल गरेको उनले बताए।