मुग्लिन–नारायणगढ सडकखण्डको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह - Chaitanya News
  • 2026-11-17
  • 16:38:17
  • मंगलबार,मंसिर ०२, २०८३
  • मुग्लिन–नारायणगढ सडकखण्डको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह

    मुग्लिन–नारायणगढ सडकखण्डको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह

    काठमाडौं – सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन–नारायणगढ सडकखण्डको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।

    पहिरोको जोखिम कायमै रहेकाले उक्त सडकखण्डको अवस्था बुझेर मात्रै सो सडक हुँदै यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

    यद्यपि, अहिले मुग्लिन–नारायणगढ सडक संचालनमा रहेको छ । “पहिरोको जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्र सावधानीका साथ सुरक्षित यात्रा गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,” सडक डिभिजन कार्यालय भरतपुरले भनेको छ ।”

    मुग्लिन–नारायणगढ सडक पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।