४५ हजार घुससहित एक इन्जिनियर पक्राउ - Chaitanya News
  • 2026-11-17
  • 16:38:27
  • मंगलबार,मंसिर ०२, २०८३
  • ४५ हजार घुससहित एक इन्जिनियर पक्राउ

    ४५ हजार घुससहित एक इन्जिनियर पक्राउ

    काठमाडौं- ४५ हजार घुस रकमसहित एक इन्जिनियर पक्राउ परेका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले इन्जिनियर अरविन्द कुमार यादवलाई घुससहित पक्राउ गरेको हो।

    रुपन्देहीको टोटहिमाई गाउँपालिका–७ को सडकको पिसिसि र ग्राभेलको नाप जाँचको भुक्तानी प्रयोजनका लागि इन्जिनियर यादवले ४५ हजार घुस लिएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले यादवलाई पक्राउ गरेको आयोगले जनाएको छ। यादवबारे थप अनुसन्धान भइरहेको आयोगको भनाई छ ।