चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 24 of 1154
  • 2026-11-23
  • 12:38:43
  • सोमबार,मंसिर ०८, २०८३

About Author

कोशी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– देशका केही प्रदेशमा आज हल्का वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको हो । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । यसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली भएको छ भने तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ । ती प्रदेशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । दिउँसोको समयमा विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

News by कोशी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना :