काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ २९ पैसा पुगेको छ भने बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । त्यस्तै, बेलायती पाउन्ड स्ट्रलिङको खरिददर २०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६९ पैसा रहेको छ ।
स्विस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८५ रुपैयाँ ५६ पैसा कायम हुँदा अष्ट्रेलियन डलरको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६९ पैसा रहेको छ ।
त्यसैगरी, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ११ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६८ पैसा र बिक्रीदर २२ रुपैयाँ ७७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
खाडी मुलुकका मुद्राअन्तर्गत साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३१ पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा रहेको छ । कतारी रियालको खरिददर ४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा तोकिएको छ । युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३५ पैसा कायम भएको छ ।
त्यस्तै, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ १२ पैसा र बिक्रीदर ४९३ रुपैयाँ सात पैसा पुगेको छ । बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ तीन पैसा र बिक्रीदर ४०२ रुपैयाँ ६२ पैसा रहेको छ । ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २५ पैसा र बिक्रीदर ११ रुपैयाँ ३० पैसा तोकिएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ४८ पैसा र बिक्रीदर चार रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
यसैगरी, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५ रुपैयाँ ५० पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा रहेको छ । हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३६ पैसा तोकिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने स्पष्ट पारेको छ ।