सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, विभिन्न प्रस्तावमाथि छलफल हुँदै - Chaitanya News
  • 2026-11-03
  • 16:47:24
  • मंगलबार,कार्तिक १८, २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, विभिन्न प्रस्तावमाथि छलफल हुँदै

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, विभिन्न प्रस्तावमाथि छलफल हुँदै

    काठमाडौँ– सरकारका विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्ताव तथा नियमित प्रशासनिक कामकारबाहीका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय लिने कार्यसूची रहेको बताइएको छ।

    बैठकमा सरकारका नियमित कामकारबाहीसँगै पछिल्लो समय विकसित राजनीतिक तथा प्रशासनिक घटनाक्रमका विषयले पनि प्रवेश पाउन सक्ने जनाइएको छ। ती विषयमा छलफलपछि आवश्यक निर्णयसमेत हुन सक्ने सिंहदरबारस्थित विशेष स्रोतले प्रशासन डटकमलाई जानकारी दिएको छ।

    मन्त्रिपरिषद् बैठकले गर्ने निर्णय र छलफलका विषयबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ।