चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 200 of 1152
  • 2026-11-22
  • 07:19:56
  • आइतबार,मंसिर ०७, २०८३

About Author

अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा अवरोध, कतै एकतर्फी सुचारु, कतै पूर्ण रूपमा बन्द (सूचनासहित)

काठमाडौँ– अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले बिहीबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा बन्द छन् भने कतिपय स्थानमा एकतर्फी रूपमा यातायात सुचारु गरिएको छ। मध्य पहाडी लोकमार्ग मेची राजमार्ग र मध्य पहाडी लोक मार्गमा पहिरोका कारण यातायात एकतर्फी सुचारु गरिएको छ। यसैगरी, खुर्कोट नेपाल थोक–कटुञ्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरूलाई वि.पी. राजमार्ग सडक खण्डमा सञ्चालन गर्न रोक लगाइएको छ। रोशी गाउँपालिका–११ कालढुङ्गास्थित भ्याकुरे खोलामा भने यातायात एकतर्फी सुचारु छ।  

News by अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा अवरोध, कतै एकतर्फी सुचारु, कतै पूर्ण रूपमा बन्द (सूचनासहित) :