आज यी स्थानमा भारी वर्षाको सम्भावना - Chaitanya News
  • 2026-07-02
  • 10:20:18
  • बिहिबार,आषाढ १८, २०८३
  • आज यी स्थानमा भारी वर्षाको सम्भावना

    आज यी स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभावका कारण देशभर साधारणतया बादल लागेको छ।

    हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका साथै देशको पहाडी भू–भागका केही स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    यस्तै महाशाखाका अनुसार, आज देशको हिमाली र पहाडी भू–भागको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भू–भागका पनि केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

    मधेस प्रदेश र कोशी प्रदेश तराईको एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।