राष्ट्रिय सभाबाट लैंगिक हिंसा रोकथामसम्बन्धी संकल्प प्रस्ताव पारित - Chaitanya News
  • 2026-08-18
  • 05:51:41
  • मंगलबार,भाद्र ०२, २०८३
  • राष्ट्रिय सभाबाट लैंगिक हिंसा रोकथामसम्बन्धी संकल्प प्रस्ताव पारित

    राष्ट्रिय सभाबाट लैंगिक हिंसा रोकथामसम्बन्धी संकल्प प्रस्ताव पारित

    काठमाडौँ– राष्ट्रिय सभाले प्रविधिको माध्यमबाट हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण, महिलाको अधिकार संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यसहितको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

    बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरेका हुन्।

    प्रस्ताव पारित भएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था मिलाउन सरकारलाई निर्देशनसमेत दिइएको छ।

    उक्त संकल्प प्रस्ताव यसअघि सांसद रेनु चन्दले सभामा प्रस्तुत गरेकी थिइन्। प्रस्तावमा प्रविधिको दुरुपयोगमार्फत हुने लैंगिक हिंसा नियन्त्रण गर्दै पीडित महिलाको अधिकार संरक्षण र न्यायमा सहज पहुँच सुनिश्चित गर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

    राष्ट्रिय सभाको अर्को बैठक असार १८ गते बिहीबार दिउँसो १ः१५ बजे बस्ने तय भएको छ।