चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 17 of 1099
  • 2026-10-04
  • 13:37:01
  • आइतबार,आश्विन १८, २०८३

About Author

कोशीमा बाढी पूर्वतयारीः प्रदेशका संयन्त्र ‘अलर्ट’मा

विराटनगर– बिहीबारदेखि निरन्तर भारी वर्षाको चेतावनीपछि कोशी प्रदेश सरकारले सम्भावित विपद् पूर्वतयारी गरेको छ। मौसम पूर्वानुमान महाशाखाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएपछि प्रदेश सरकारले सतर्कतासहित पूर्वतयारी गरेको हो। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका १४ वटै जिल्लास्थित आफ्ना मातहतका कार्यालयलाई सम्भावित जोखिम नियन्त्रणका लागि उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। वर्षाका कारण उत्पन्न हुनसक्ने प्राकृतिक विपत्ति र त्यस बखत तत्काल गर्नुपर्ने उद्धार तथा राहतका कामका लागि स्थानीय तह र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्न निर्देशन दिइएको भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले जानकारी दिए मन्त्री आचार्यले जोखिमयुक्त सडक, पुल तथा पूर्वाधारमा निगरानी बढाउन, जनशक्ति, मेसिन तथा उपकरणलाई तयारी अवस्थामा राख्न र कुनै पनि विपद् आइपरे तत्काल परिचालन हुन निर्देशित गरेका हुन्। उनले आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह पनि गरेका छन्। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गोम्बु शेर्पाले प्रदेश संयन्त्रले उच्च सतर्कता अपनाएको बताए। उनले सर्वसाधारणलाई सुरक्षित र सचेत रहन आह्वान गरेका छन्। भारी वर्षाको जोखिमलाई ध्यानमा राखेर प्रदेश सरकारले अगाडिदेखि नै पूर्वतयारी थालेको उनले बताए। जोखिमयुक्त बस्तीहरूमा पूर्वसूचना पुर्‍याउने काम सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा संयन्त्रले तीव्र पारेको मन्त्री शेर्पाले जानकारी दिए। बाढीको चेतावनीपछि प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यालय, जोखिम रहेका स्थानीय तहहरुले सतर्कतासहित पूर्वतयारी गरेका छन्। विराटनगर महानगरपालिकाले डुबान हुने क्षेत्रहरुमा सतर्कताका लागि माइकिङ गरिरहेको छ।

News by कोशीमा बाढी पूर्वतयारीः प्रदेशका संयन्त्र ‘अलर्ट’मा :