चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 158 of 1152
  • 2026-11-22
  • 12:36:57
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज ३३ अंकले घट्यो सेयर बजार, ६ अर्ब नाघ्यो कारोबार

काठमाडौं– आज (सोमवार) सेयर बजार ३३.२८ अंक घटेको छ। यो कमीसँगै बजारको परिसूचक नेप्से २७०१ अंकमा झरेको छ। कारोबार खुलेपछि बढेको बजार १२ः१३ बजे २७४४ अंकसम्म पुगेको थियो। त्यसपछि बजार अन्तिम समयसम्म ओरालोमा रह्यो। कारोबार रकम बढेको छ। अघिल्लो दिन ४ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७ करोडको भयो। आज ३५ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने ५ को स्थिर रह्यो। आज बैंकिङ समूह ०.१० प्रतिशत बढ्यो। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.३० प्रतिशत घट्यो। त्यस्तै व्यापार २.२३, होटल तथा पर्यटन २.२२ प्रतिशत घटे। विकास बैंक १.८२, फाइनान्स ०.७०, जलविद्युत् १.९०, लगानी ०.७०, जीवन बीमा १.२५, माइक्रोफाइनान्स १.२७, निर्जीवन बीमा १.२१ तथा अन्य १.६९ प्रतिशत घटे। हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो। त्यस्तै गोर्खाज फाइनान्सको ३.८६, धौलागिरि लघुवित्तको ३.११ प्रतिशत बढ्यो। आत्मनिर्भर लघुवित्तको १३.३८, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.६३, कालंगा हाइड्रोपावरको ८.५२, सालपा विकास बैंकको ८.१९ तथा होटल फरेस्ट इनको ७.५७ प्रतिशत मूल्य घट्यो। आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, ग्लोबल आईएमई बैंक, रिडी पावर, कुमारी बैंक, सेन्ट्रल फाइनान्स छन्।  

News by आज ३३ अंकले घट्यो सेयर बजार, ६ अर्ब नाघ्यो कारोबार :