काठमाडौँ– धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी) ले कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि अध्यापन सुरु नभए आफू पनि अनशनमा बस्ने घोषणा गरेका छन्।
आज (सोमवार) उनले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन्। ‘यो शैक्षिक सत्रदेखि पढाइ सुरु भएन भने म गोपी हमाल पनि अनशनमा बस्छु,’ उनले भने, ‘त्यो अनशनमा को(को सुदूरपश्चिमवासीले साथ दिनुहुन्छ ? तयार हुनुहोस्।’
हमालले अनशन आन्दोलनको नेतृत्व गर्न आफू तयार रहेको पनि बताए । गेटामा अस्पताल र मेडिकल शिक्षाको अध्यापनको सपना वर्षौँपछि पूरा हुने अपेक्षा रहेको बताउँदै उनले पदाधिकारी को रहन्छ भन्ने विषयमा सुदूरपश्चिमवासीको सरोकार नभएको बताए।