१) नीतिवान भनेर चाणक्यलाई बुझिन्छ भने गुरुभक्त भनेर कसलाई चिनिन्छ ? A) भिष्म B) एकलब्य C) नारद D) दुर्वासा २) “लस्ट हेरिटेज अफ नेपाल” कृतिका लेखक को हुन ? A) टोनी हेगन B) लैनसिङ वाङदेल C) रमेश ढुङ्गेल D) सम्रट सापकोटा ३) केन्यामा भएको ग्रिनबेल्ट मुभमेन्टको नेतृत्व कसले गरेको थियो ? A) बाङगरी मथाई B) सुन्दरलाल वहुगुणा C) ब्रुटल्याण्ड D) मुकेश चालिसे ४) संयुक्त राष्ट्र संघमा आर्थिक तथा सामाजिक परिषदमा कार्यकारी आयोग कुन हो ? A) तथ्याङ्क आयोग B) महिलाहरुको स्थिती सम्बन्धी आयोग C) लागुपदार्थ विषयको आयोग D) माथिका सबै ५) आसियानका सदस्य राष्ट्रहरुमध्ये नेपालको सर्वप्रथम कुटनैतिक सम्बन्ध स्थापना भएको मुलुक कुन हो ? A) इण्डोनेसिया B) म्यानमार C) कम्बोडिया D) मलेसिया ६) विष्मेटकको सबैभन्दा सानो राष्ट्र कुन हो ? A) भारत B) भुटान C) श्रीलंका D) बङ्गलादेश ७) मौलिक हक र कर्तव्य सम्बन्धमा तलको कुन भनाई गलत छ ? A) भाग ३ मा व्यवस्थापन गरिएको छ । B) मौलिक हक धारा १६ देखि ४६ सम्म जम्मा ३१ ओटा रहेका छन् । C) अन्तरिम संविधानमा भन्दा वर्तमान संविधानमा कति नयाँ मौलिक हक थपिएको छ, १० हुन तर पहिलेको भन्दा सम्पूर्ण मौलिक हक चाँहि ६ ओटा थप गरिएको छ । D) माथिका सबै ठिक ८) दुुधको शुद्धता नाप्ने यन्त्रलाई के भनिन्छ ? A) व्यारोमिटर B) ल्याक्टोमिटर C) थर्मोमिटर D)अल्टिमिटर ९) क्यामोराको आविस्कार कसले गरेका हुन ? A) जोसेफ नियसी B) मार्कोनी C) जे एल वेयर्ड D) जोन डाल्टन १०) नेपालको न्यायपालिकाको सबैभन्दा तल्लो तह कुन हो ? A) सर्वोच्च अदालत B) उच्च अदालत C) स्थानिय अदालत D) जिल्ला अदालत ११)"Institute for Economics and Peace" ले सन् २०२२ मार्च १ मा सार्वजनिक गरेको ‘ग्लोबल आतङ्कवाद सूचकांक–२०२२’ अनुसार पहिलो पाँच देशहरु क्रमशः कुन–कुन हुन् ? A) अफगानिस्तान, इराक, सोमालिया, वुर्किना फासो र सिरिया B) इराक, सोमालिया, वुर्किना फासो, सिरिया र युक्रेन C) सिरिया, अफगानिस्तान, इराक, सोमालिया र वुर्किना फासो D) इराक, सोमालिया, अफगानिस्तान, वुर्किना फासो र सिरिया १२) तलका मध्ये कुन चाहीँ गलत हो ? A) चाल्र्स डार्विन कुशल खेलाडी थिए । B) चाल्र्स डार्विनले इचष्नष्ल या कउभअष्भक नामक कृति सन् १८५९ मा प्रकाशित गरे । C) वंशाणु सिद्धान्तका पिता ग्रेगर मेण्डल हुन । D) केराउको विरुवामा वंशाणुगत सिद्धान्तको प्रयोग गर्ने ग्रेगर मण्डल हुन् । १३) पछिल्लो समय नेपालसँग कुटनीतिक सम्बन्ध स्थापित गरेका राष्ट्रहरु र मितिबीच जोडा मिलाउँनुहोस् । राष्ट्र मितिः a. सियरा लिओन 1. २०२१ जुन २१ b. बार्बाडोस 2. २०२१ डिसेम्बर ८ c. टिमोर–लेस्टे 3. ११ फेब्रअरी २०२२ d. पलाउ गणतन्त्र 4. २१ मार्च २०२२ A) a-1, b-2, c-3, d-4 B) a-4, b-3, c-1, d-1 C) a-1, b-2, c-4, d-3 D) a-3, b-2, c-4, d-1 १४) तलको भनाई अध्ययन गर्नुहोस् र सहि भनाई छनोट गर्नुहोस् । १. खप्तड गोल्डकप–२०७८ को विजेता मनाङ मस्र्याङ्दी क्लब हो । २. प्रधानन्यायाधिश चोलेन्द्र शमशेर ज.ब.रा. विरुद्धको महाअभियोग प्रस्ताव २०७८ फागुन २९ मा पेश भएको हो । ३. नेपालकै पहिलो जीन बैंकको स्थापना बाँकेको जानकी गाउँपालिकामा भएको हो । A) १ र ३ सहि B) १ र २ सहि C) ३ मात्र सहि D) माथिका सबै सहि १५) नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो राष्ट्र कुन हो ? A) अमेरिका B) बेलायत C) भारत D) फ्रान्स


