बुधबार सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदीको घट्यो - Chaitanya News
  • 2026-04-24
  • 22:19:52
  • शुक्रबार,बैशाख ११, २०८३
  • बुधबार सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदीको घट्यो

    बुधबार सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदीको घट्यो

    काठमाडौँ– साताको चौंथो कारोबार दिन बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपियाँले बढेको छ। मंगलबार प्रतितोला ९४ हजार रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार दुई सय रुपियाँले बढेर ९४ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ।

    यस्तै आज तेजाबी सुनको मूल्य ९३ हजार सात सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यस्तै आज चाँदीको मूल्य भने घटेको छ। बुधबार चाँदी तोलामा १५ रुपियाँले घटेर प्रतितोला एक हजार २०० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।