हिमाल आरोहणबाट ६ करोड ७१ लाख राजस्व संकलन गर्न सफल - Chaitanya News
  • 2026-04-24
  • 22:18:45
  • शुक्रबार,बैशाख ११, २०८३
  • हिमाल आरोहणबाट ६ करोड ७१ लाख राजस्व संकलन गर्न सफल

    हिमाल आरोहणबाट ६ करोड ७१ लाख राजस्व संकलन गर्न सफल

    काठमाडौं– सरकारले यस वर्ष हिमाल आरोहण स्वीकृति बापत ६ करोड ७१ लाख रुपैयाँ बढी राजस्व संकलन गर्न सफल भएको छ। सन् २०२२ जनवरी १ देखि अक्टुबर ११ सम्ममा विभिन्न हिमाल आरोहण गर्न प्रदान गरिएको स्वीकृतिमार्फत पर्यटन विभागले उक्त राजस्व संकलन गरेको हो।

    विभागका अनुसार अक्टुबर ११ सम्ममा छुट्टाछुट्टै गरी १०१ समूहमा कुल ८२२ जनाले हिमाल आरोहणको स्वीकृति लिएका छन्। जसमध्ये ६३१ जना पुरुष र १९१ जना महिला रहेका छन्।

    ५ हजार मिटरमाथिका हिमश्रृखला आरोहणका लागि स्वीकृति प्रदान गरेको विभागले १० महिनामा राजस्व बापत ५ लाख २५ हजार ५० अमेरिकी डलर अर्थात् ६ करोड ७१ लाख २० हजार १३१ रुपैयाँ संकलन भएको जनाएको छ।

    नेपालीसहित हिमाल आरोहणका लागि यस वर्ष ६७ देशका आरोहीहरू नेपाल आएका छन्।