घनश्याम भुसालले पाए चुनाव चिन्ह त्रिभुज - Chaitanya News
  • 2026-04-23
  • 12:42:51
  • बिहिबार,बैशाख १०, २०८३
  • घनश्याम भुसालले पाए चुनाव चिन्ह त्रिभुज

    घनश्याम भुसालले पाए चुनाव चिन्ह त्रिभुज

    काठमाडौं– नेकपा एमाले परित्याग गरी रूपन्देही–१ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले त्रिभुज चुनाव चिन्ह पाएका छन्।

    निर्वाचन अधिकृतको कार्यालयले बुधबार भुसाललगायत स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको हो।

    भुसालले चुनाव चिन्ह किताब लिन चाहेका थिए। उम्मेदवारी दर्ताको दिन उनले किताब चिन्ह भए राम्रो हुने बताएका थिए।

    एमालेका पूर्वउपमहासचिव तथा नेता भुसालले रूपन्देही(१ बाट प्रतिनिधि सभामा दाबी गरेका थिए। उनको सिफारिस भने उनी २०७४ मा विजयी भएको रूपन्देही३ बाट भएको थियो। अन्तिममा पार्टील उनलाई कुनै पनि क्षेत्रबाट टिकट दिएन।

    एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रखर आलोचक रहेका भुसालले त्यसपछि पार्टीबाट राजीनामा दिएका थिए। अहिले उनी रूपन्देही(१ बाट स्वतन्त्र उम्मेदवार बनेका छन्। सत्ता गठबन्धनले उक्त क्षेत्रमा कुनै पनि उम्मेदवार नउठाएर भुसाललाई समर्थन गरेको छ। सत्ता गठबन्धनको भागबन्डामा यो क्षेत्र माओवादी केन्द्रले पाएको थियो।