काठमाडौं– फिल्मकर्मी दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत नेपालको वर्तमान राजनीति, आसन्न निर्वाचन तथा खेलकुदलाई समेटेर व्यंग्य कसेका छन्।
बुधवार अपहरान्ह फेसबुकमा एउटा स्टाटस लेख्दै उनले नेपालका राजनीतिक दल तथा नेताहरुप्रति व्यंग्य कसेका हुन्। एउटा खेलाडीले क्लब छोड्छ, पछि त्यहि क्लबलाई आएर गोल हान्छ, गिरीले लेखेका छन्– ‘दर्शक चाहिँ एउटै क्लबको फ्यान भएर मर्छ।’
‘आफ्नो पार्टीको नेता हरेक ५ वर्षमा आउँछ । कहिले यसमा भोट हाल भन्छ, कहिले उसमा, उनी लेख्छन्– ‘हामी चाहिँ नमरून्जेल एउटै पार्टी भनेर बस्छौँ। क्लबले होस् वा पार्टीले, हाम्रो यहि मूर्खताको फाइदा लिन्छन् र आजीवन कमाइ रहन्छन्।’