चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1032 of 1111
  • 2026-10-11
  • 22:02:01
  • आइतबार,आश्विन २५, २०८३

About Author

डेंगु संक्रमितको संख्या ३८ हजार ९१८ पुग्यो, ४७ जनाको मृत्यु

काठामाडौं– नेपालमा डेंगु संक्रमितको संख्या ३८ हजार नाघेको छ । असार दोस्रो सातादेखि उकालो लागेको संक्रमणदर हाल उच्च बिन्दुमा पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्यांकले देखाउँछ। महाशाखाका अनुसार बिहीबारसम्म देशभर ३८ हजार नौ सय १८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ। जाडोयाम सुरु हुन लागे पनि अझै संक्रमितको संख्या बढिरहेको छ। यद्यपि, कात्तिकको दोस्रो सातादेखि भने यो नियन्त्रणमा आउन सक्छ। जाडोयाम सुरु हुन लागे पनि अझै संक्रमितको संख्या बढिरहेको महाशाखाले जनाएको छ। यद्यपि, कात्तिकको दोस्रो सातादेखि भने यो नियन्त्रणमा आउन सक्ने महाशाखाको प्रक्षेपण छ। बिहीबारसम्मको तथ्यांकअनुसार बागमती प्रदेशमा २९ हजार नौ सय ९१, प्रदेश १ मा एक हजार दुई सय ३९, मधेस प्रदेशमा ६ सय आठ, गण्डकी प्रदेशमा नौ सय ९०, लुम्बिनी प्रदेशमा चार हजार तीन सय ६५, कर्णाली प्रदेशमा ६ सय २८ र सुदूरपश्चिम प्रदेशमा एक हजार ९७ जनामा डेंगु संक्रमण भएको छ। हाल देशका सबै जिल्लामा फैलिएको डेंगुबाट सबैभन्दा बढी प्रभावित काठमाडौं छ। काठमाडौंमा मात्रै १२ हजार एक सय दुईजना संक्रमित भएका छन्। यस्तै, ललितपुरमा आठ हजार पाँच सय ५२ जनामा संक्रमण पुष्टि भएको छ। महाशाखाका अनुसार भक्तपुरमा दुई हजार चार सय ७५, मकवानपुरमा तीन हजार नौ सय ३३, दाङमा दुई हजार पाँच, चितवनमा एक हजार तीन सय ८९, रुपन्देहीमा एक हजार एक सय ७५ जनामा संक्रमण पुष्टि भएको छ।  

News by डेंगु संक्रमितको संख्या ३८ हजार ९१८ पुग्यो, ४७ जनाको मृत्यु :