काठमाडौं– शुक्रवार बिहान मस्कोबाट दिल्लीका लागि उडेको विमानमा बम भएको खबर आएपछि दिल्ली विमानस्थलमा हलचल मच्चिएको छ।
उद्धार टोली इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालिएको बताइएको छ।
मिडिया रिपोर्टका अनुसार सुरक्षा एजेन्सीलाई राति करिब ३ .२० बजे मस्कोबाट दिल्ली आउँदै गरेको फ्लाइट नम्बर एसयू २३२ मा बम रहेको जानकारी प्राप्त पाएको थियो। त्यसपछि उद्धार टोली घटनास्थलमा खटाइएको थियो।
विमानले रनवे २९ मा अवतरण गरेको थियो।
पहिले सबै यात्रु, त्यसपछि चालक दलका सदस्यलाई सकुशल तल ल्याइयो। विमानको जाँच भइरहेको बताइएको छ।
विमानमा ३८६ यात्रु र १६ चालक दलका सदस्य थिए। विमानमा बम राखेको खबर कसले दियो भन्नेबारे सुरक्षा निकायले केही बताएको छैन।