काठमाडौं– एमालेको सूर्य चिन्हमा उठेर सांसद हुने तयारीका साथ चुनावी मैदानमा होमिएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पहिलो गाँसमै ढुंगा लागेको छ। गाई र हलो लिएर पटक–पटक लड्दा परिणाम हात नलागेपछि यसपटक सूर्य रोजेका उनलाई निर्वाचन आयोगको एउटा अनौपचारिक सोधपुछले आपत आइलागेको हो।
एकातिर आफ्नो उम्मेदवारी अस्वीकार गर्ने मकवानपुरका एमाले कार्यकर्ताको सार्वजनिक घोषणा अनि अर्कोतिर निर्वाचन आयोगले एउटा व्यक्ति दुइटा पार्टीको सदस्य हुन नसक्ने भनी पत्र थमाएपछि जसरी पनि चुनाव जित्ने अभियानमा रहेका थापा अप्ठेरोमा परेका हुन्। राप्रपा स्रोतका अनुसार थापा निकटहरुले हालसम्म गोप्य राखेको सो सोधखोजबारे पार्टीका अन्य नेतालाई पनि जानकारी गराइएको छैन।
के सोधियो भन्ने प्रश्नमा स्रोतले भन्यो, ‘एउटा व्यक्ति दुइटा पार्टीको सदस्य हुन नपाउने कानुनी व्यवस्था अवगत गराइएको छ।’ तल्लो तहका साधारण कार्यकर्ता अर्को पार्टीको चिन्ह लिएर उम्मेदवार हुन पाउने तर केन्द्रीय अध्यक्षलाई त्यस्तो सुविधा नरहेको आयोगले प्रष्ट्याएको बताइएको छ।
“थापा एमालेको टिकटबाट लडेकाले उनी जितेर आए वैधानिक रुपमा एमाले संसदीय दलको सदस्य रहेछन्। उनको राजनीतिक हैसियत जे भए पनि कानुनले उनलाई एमाले संसदीय दलको सदस्यका रुपमा चिन्नेछ। व्यावहारिक रुपमा पनि राप्रपा नेपालको अध्यक्ष एमाले संसदीय दलको सदस्य बन्दा आफैँमा अनौठो हुनेछ।
आयोगको सरोकार कार्यान्वयन हुने हो भने थापाले पार्टी अध्यक्ष र आफ्नो उम्मेदवारीमध्ये एक छोड्नुपर्ने हुन्छ। यदि उनले दुवै जिम्मेवारी नछोडे के हुन्छ भन्नेबारे जिज्ञासा राख्दा आयोग स्रोतले संक्षिप्त जवाफ दिँदै भन्यो, ‘कानुनअनुसार हुन्छ।
कानुनमा निर्वाचित सांसद जुन पार्टीबाट निर्वाचित भएको हो, त्यही पार्टीको संसदीय दलको सदस्य रहने व्यवस्था छ। थापा एमालेको टिकटबाट लडेकाले उनी जितेर आए वैधानिक रुपमा एमाले संसदीय दलको सदस्य रहेछन्। उनको राजनीतिक हैसियत जे भए पनि कानुनले उनलाई एमाले संसदीय दलको सदस्यका रुपमा चिन्नेछ। व्यावहारिक रुपमा पनि राप्रपा नेपालको अध्यक्ष एमाले संसदीय दलको सदस्य बन्दा आफैँमा अनौठो हुनेछ।
उता, थापाले मकवानपुरबाट केपी ओलीको प्रशंसा गर्दै सूर्यध्वाजावाहक हुन पाउँदा आफूलाई गर्व लागेको बताइरहँदा उनको पार्टीका इमान्दार नेता(कार्यकर्ता भने बेखुशी देखिएका छन्। राजेन्द्र लिङ्गदेनसँग पराजित भएर पार्टी छोडेपछि ‘अलपत्र’ परेका बेला साथ दिएका कार्यकर्तालाई बेवास्ता गर्दै थापा एमालेको प्रचारमा रमाउन थालेपछि कार्यकर्तापंक्ति रिसाएको हो।
अध्यक्ष थापालाई आफ्नै ‘तीर’ चिन्हबाट उठाएर जिताउने तयारीका साथ खर्चपर्चको समेत व्यवस्था मिलाइसकेका केही नेता अहिले निराश भएका छन्।