राप्रपाका सिंह मकवानपुर–१ मा कमल थापा र कांग्रेसकी डिनासँग भिड्दै - Chaitanya News
  • 2026-08-02
  • 12:19:31
  • आइतबार,साउन १७, २०८३
  • राप्रपाका सिंह मकवानपुर–१ मा कमल थापा र कांग्रेसकी डिनासँग भिड्दै

    राप्रपाका सिंह मकवानपुर–१ मा कमल थापा र कांग्रेसकी डिनासँग भिड्दै

    काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार एवम् राप्रपा नेपालका अध्यक्ष कमल थापासँग मकवानपुर–१ मा कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ सहित १६ जनाको उम्मेदवारी कायम भएको छ। थापासँग प्रतिस्पर्धा गर्न विगत लामो समय राप्रपामा रहेर सहयात्रा गरेका दीपकबहादुर सिंहदेखि २ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन्।

    सो क्षेत्रमा चुनाव लड्न विगतमा मकवानपुर–२ बाट चुनाव लड्दै आएकी कांग्रेसकी सह–महामन्त्री डिना सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी हुन् भने राप्रपाबाट सिंह उम्मेदवार रहेका छन्। सो क्षेत्रमा थापा, डिना र सिंहसहित २ जना स्वतन्त्र उम्मेदवारको उम्मेदवारी परेको छ। स्वतन्त्रबाट आइतराम तामाङ र सुभाष पौडेल उम्मेदवारी दिएका छन्।

    त्यस्तै जनता समाजवादी पार्टी, नेपालका इन्द्रमान थिङ, नेपाल मजदुर किसान पार्टी सान्तलाल भैल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल रुपक लामा, मौलिक जरो किलो पार्टी सङ्गीन श्रेष्ठ, हाम्रो नेपाली पार्टी दिपेन्द्रचन्द ठकुरी, नेकपा मालेका कृष्णप्रसाद दाहाल, मंगोल नेशनल अर्गनाइजेसन युवराज लामा, नेपाली कांग्रेस ९बी।पी०का सुरेन्द्र भट्टराई, सचेत नेपाली पार्टी पंचलाल तमाङ, जन समाजवादी पार्टी नेपालका मनबहादुर दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी टाकाराज थापा उम्मेदवार रहेका छन्।