आरबीआई र नेपालका गभर्नरबीच अमेरिकामा भेट - Chaitanya News
  • 2026-04-25
  • 01:23:31
  • शुक्रबार,बैशाख ११, २०८३
  • आरबीआई र नेपालका गभर्नरबीच अमेरिकामा भेट

    आरबीआई र नेपालका गभर्नरबीच अमेरिकामा भेट

    काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय रिभर्ज बैंक (आरबीआई) का गभर्नर शक्तिकान्त दासबीच भेटवार्ता भएको छ।

    अमेरिकामा भइरहेको अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा भाग लिन अमेरिका पुगेका गभर्नर अधिकारी र भारतीय केन्द्रीय बैंकका गभर्नरबीच छलफल भएको हो।

    भेटका क्रममा क्षेत्रीय अर्थतन्त्र, मौद्रिक विषय, डिजिटलाइजेसन, भुक्तानी प्रणाली व्यवस्थापन, सीमा व्यापार, रेमिट्यानस लगायतका विषयमा छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।