चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 465 of 1153
  • 2026-11-22
  • 18:51:18
  • आइतबार,मंसिर ०७, २०८३

About Author

यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ। महाशाखाका अनुसार, पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। हाल देशका तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ। यस्तै, आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। यसैगरी, आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

News by यस्तो रहनेछ आज देशभरको मौसम :